उद्यमशीलता विकास गर्नका लागि सरकारले गरेको कर्जा प्रवाह सम्बन्धी नीतिगत व्यवस्थाको फाइदा लक्षित समुहले लिन नसकेको तथ्यांकले देखाएको छ । सरकारले दलित, महिला, कृषि, शिक्षित युवा जस्ता क्षेत्रमा कर्जा प्रवाह बढाउनको लागि बेग्लै प्रकारको नीतिगत व्यवस्था गरेको छ ।सरकारले गरेको व्यवस्था अनुसार कृषि क्षेत्रमा बढेको पाइए पनि अन्य क्षेत्रमा सहुलियतपूर्ण कर्जा अपेक्षित रुपमा प्रवाह हुन सकेको छैन । सरकारले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिएर सो क्षेत्रका लक्षित व्यक्ति वा समुहको उद्यमशीलता व