विराटनगरः गढतिरे साहिँलो, केकेमनुक्च्यो पोखरेल, रूपावासी, वसन्त, वत्सल, लक्ष्मीविलास पाध्या, हिमालपाने बराल लगायत दर्जनौँ उपनाम छन् उनका।
जति उपनाम भए पनि उनी भाषाशास्त्री बालकृष्ण पोखरेल हुन् र नेपाली साहित्यको आलोकमा बहुआयामिक क्षमतामा प्रस्तुत छन्।
कथा, कविता, उपन्यास, काव्य, शब्दकोश, समालोचना, निबन्ध, अनुसन्धान– सबै क्षेत्रमा पोखरेलको हस्तक्षेप प्रभावकारी र सम्प्रेषणीय