काठमाडौं : पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ। प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गर्न बनेको विपक्षी गठबन्धन थप बलियो बन्दै जाँदा संकट गहिरिएको हो। प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीसँग गठबन्धन गरेको सत्तारुढ पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान एमक्युएम–पीले पनि विपक्षी गठबन्धनसँग हात मिलाएको छ। यो पार्टी विपक्षी गठबन्धनमा सामेल भएपछि इमरान खानको सत्ता संकटमा परेको छ। गठबन्धन भत्किएपछि अल्पमतमा परेका प्रधानमन्त्री इमरान खानले रा