रेड स्क्वायरमा 'विजयी दिवस'को उत्सव, पुटिनले भने : पश्चिमा राष्ट्रले हाम्रो देशको पतन चाहेका छन्

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मातृभूमिप्रतिको माया सबैभन्दा बलियो हुने बताएका छन्। 'भिक्टोरी डे' (विजयी दिवस) मनाइरहेको रसियाको रेड स्क्वायरमा सम्बोधन गर्दै पुटिनले आफूहरुले शान्तिपूर्ण भविष्य देखिरहेको बताएका छन्। 'वास्तविक युद्ध हाम्रो मातृभूमि विरुद्ध छेडिएको छ। मातृभूमिप्रतिको हाम्रो मायाभन्दा बलियो कुनै शक्ति संसारमा छैन,' उनले भने। पुटिनले पश्चिमा राष्ट्रहरुलाई निशाना बनाउँदै…

सम्बन्धित सामग्री

युक्रेन र पश्चिमा देशहरूले युद्ध सुरु गरे : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिनुभएको छ । रुसको संसदमा सम्बोधन गर्दै उहाँले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गर्नुभएको हो । युद्धका कारण उहाँको सम्बोधन पटक–पटक पछि सारिँदै आएको थियो । पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी गर्नुभएको छ...

पश्चिमा देशले युक्रेनमा खतरनाक खेल खेलिरहेका छन् : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले युक्रेनमा खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको आरोप लगाएका छन्। उनले विश्वभर सत्ता कब्जा गर्न पश्चिमा मुलुकको खेल खेलेको पनि आरोप लगाएका छन्। बिहीबार एक कार्यक्रममा उनले पश्चिमा देशको यो फोहोरी खेल विश्वले बुझ्न थालेको बताए।पुटिनले भूराजनीतिक नक्साबाट रुस ध्वस्त नभएको र नमेटिने प्रतिक्रिया दिए। ‘अब सबै सभ्यतामा लोकतान्त्रिक विकासको अवसर छ’, उनले भने, ‘विश्व व्यापारबाट बहुसंख्यकले लाभ उठाउनुपर्छ, व्यक्तिगत सुपर धनी निगमहरू होइन।&r

युक्रेन युद्धबारे बाइडेन र पुटिनले दिए एक अर्कालाई चेतावनी

तर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिन भन्छन्, 'यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।'

पश्चिमा देशले रुसी अन्नकाे निर्यातमा लगाएकाे प्रतिबन्ध हटाउनुपर्छ : पुटिन

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्। इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौँ। तर, हामी यस तथ्यबाट अगाडि बढिरहेका छौँ कि रुसी अन्नको निर्यातका लागि हवाई डेलिभरीसम्बन्धी सबै प्रतिबन्धहरू हटाइनेछ।’ युक्रेनमा रुसी हमलाले गहुँ र अन्य अन्नको […]

युक्रेन युद्धका लागि पश्चिमा देशलाई पुटिनको दोषारोपण

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गरेका छन् । मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले त्यहाँ आक्रमण गर्नुपर्ने अवस्था आएको तर्क गरे । आक्रमण वा युद्ध भन्ने शब्द समेत प्रयोग नगर्नुभएका पुटिनले रुस युक्रेनमा विशेष सैन्य कारवाही गरेको बताए । […]

पुटिन भन्छन्– ‘पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध असफल भयो’

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुसविरुद्ध लगाएका प्रतिबन्धहरू असफल भएको टिप्पणी गरेका छन् । मुलुकका शीर्ष अर्थ अधिकारीहरुसँगको छलफलका क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् । पुटिनले पश्चिमा मुलुकले ‘वित्तीय–आर्थिक अवस्थालाई तुरुन्तै बिगार्ने, बजारमा आतंक मच्चाउने, बैंकिङ प्रणाली ध्वस्त पार्ने जस्ता अवस्थाको अपेक्षा गरेको’ टिप्पणी गरे । उनले पश्चिमा मुलुकले अवलम्बन गरेको ‘आर्थिक […]

पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति पुटिनकाे चेतावनी

काठमाडौं । पश्चिमा देशलाई आज (शुक्रबार) देखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन । युक्रेन र रुसबीच युद्ध सुरु भएको ३७ दिन पूरा भईसक्दा पनि रुसले पश्चिमा देशहरुलाई इन्धन आपूर्ति बन्द गर्ने चेतावनीसहित अल्टिमेटम राष्ट्रपति पुटिनले दिएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार) देखि युरोपसहित पश्चिमा देशहरुलाई दिंदै आएको […]

पश्चिमा देशले लगाएको प्रतिबन्ध नै युद्धको घोषणा : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर लगाएको प्रतिबन्ध ‘युद्धको घोषणा’ रहेको बताएका छन् । पुटिनले पश्चिमा देशले आफू र रुसमाथि प्रतिबन्ध लगाएर ‘युद्धको घोषणा’ गरे पनि त्यस्तो नभएको दाबी गरे । पुटिनले युक्रेनी आकाशलाई ‘नो फ्लाइ जोन’ (उडान प्रतिबन्धित क्षेत्र) घोषणा गर्न खोज्नु युद्धमा सामेल हुन खोज्नु रहेको भन्दै चेतावनी […]

पश्चिमा देशलाई पुटिनको चेतावनी– हाम्रो उदारतालाई कमजोरी नठानियोस्

९ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए […]