रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिनुभएको छ । रुसको संसदमा सम्बोधन गर्दै उहाँले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गर्नुभएको हो । युद्धका कारण उहाँको सम्बोधन पटक–पटक पछि सारिँदै आएको थियो । पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी गर्नुभएको छ...