तेहरान भ्रमणपछि पुटिनले भने -'पश्चिमा देशले रुसी अन्नमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको आयातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं । तर, हामी यस तथ्यबाट अगाडि बढिरहेका छौं कि रूसी अन्नको निर्यातका लागि हवाई डेलिभरी सम्बन्धी सबै प्रतिबन्धहरू हटाइनेछ । ’युक्रेनमा रूसी हमलाले गहुँ र अन्य अन्नको विश्वको सबैभन्दा ठूलो निर्यात कर्ताबाट ढुवानीमा बाधा पु¥याएको छ, जसका कारण विश्वव्

सम्बन्धित सामग्री

इरान र टर्कीका समकक्षीसँग रुसी राष्ट्रपति पुटिनकाे तेहरानमा भेटवार्ता

इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ । साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ ...

रुसी राष्ट्रपति पुटिन इरानमा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा गएका छन् । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यो उनको दोस्रो विदेश भ्रमण हो ।  तेहरान पुगेको केही सममै उनले इरानी समकक्षी इब्राहिम रैसीसँग भेटघाट गरेका छन् । भेटपछि उनीहरूले दुई देशबीचको सम्बन्ध राम्रो गतिमा विकास भइरहेको बताएका छन् ।  पुटिनले इरानका...

पुटिनले आज इरानको भ्रमण गर्दै राइसी र एर्दोगानसँग भेट गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् । यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिनेछन् । युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, […]

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ । तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ । […]