सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका २३ वर्षीय छोरा बबी सोडारी सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सोडारीलाई आइतवार सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।
सोडारीलाई लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।
प्रहरीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् ।
न्यौ...