अनौठो घटनाका आरोपी १३ वर्षपछि पक्राउ : बुवा, दुई छोरा र ज्वाइँ नै बलात्कारमा संलग्न

सप्तरी । बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये एक अभियुक्त पक्राउ परेका छन् । सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन् । घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को बर्साइनस्थित घना काँसघारीमा भएको हो । आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ । गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताउनुभयो । पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए । होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिनुभएको थियो । जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिनुभयो । पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो । आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताउनुभयो । अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी ...

सम्बन्धित सामग्री

धनुषा हत्या प्रकरण : ५ लाख रुपैयाँमा शुटरसँग 'डिल'

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धानुक दासको हत्यामा उहाँकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय दासको गएकाे पुस १० गते आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो । दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उहाँका छोरा र ज्वाइँसहित तीन जनालाई पक्राउ गरेको छ । एक जना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराइन नगरपालिकाकाे जटहीका शुटर रञ्जित यादवलाई पक्राउ गरेको हो । मृतक धानुक दासका ज्वा...

छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ

२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित […]

वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी ज्वाइँलाई नागरिकता बनाउन आएपछि...

जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए।शिवनन्दन आफ्नो छोरा भएको भन्दै देव

बुवा, छोरा र ज्वाइँ मिलेर गरेको सामूहिक बलात्कारका १ आरोपी पक्राउ

बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये बिहीवार एक अभियुक्त पक्राउ परेका छन् । सामूहिक बलात्कारको घटनाका ४ आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फैसला कार्यान्वयनलाई अभियानका रूपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा बिहीवार घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको ...

झुटो विवरण पेशगरी नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरा पक्राउ

जनकपुरधाम : झुटो विवरण पेश गरी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयका पुगेका भारतीय ज्वाइँ र ससुरा पक्राउ परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका २ का जीतनारायण यादबले भारतीय ज्वाइँलाई छोरा भन्दै नागरिकता बनाउन पुगेका थिए। नागरिकता बनाउने बेलामा कर्मचारीलाई कागजातमा शंका लागेपछि जीतनारायण र उ...