मृतक सिकिलियाकी तीन छोराछोरी मध्ये जेठी छोरी ससुरालीमा थिइन् भने छोरी बैदेशिक रोजगारमा छन्। उनी श्रीमान र अविवाहित छोरा मनोजसँग बस्दै आएका थिइन्। पक्राउ परेका छोरा मनोज कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा छन्।...
धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]
काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् । सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले […]
पर्सा, ३० पुस । मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई(रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका […]
झापामा रिसिबीका कारण एकजना पुरुषको हत्या भएको छ । गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन छन् ।कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको शव कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
काठमाडौंको कीर्तिपुरस्थित एक गलैँचा फ्याक्ट्रीमा मजदुरको हत्या भएको छ । जेठ ८ मा राति पाँच जना मिलेर मकवानपुरको बकैया–१ घर भएका मान बहादुर घिसिङको हत्या गरेका हुन् ।हत्या आरोपमा पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भगत बहादुर बल, क्षेत्र बहादुर बल, जगत बहादुर बल, बिरु गोले र विशाल मोक्तान छन् ।मृतक र आरोपी सबैजना दिनेश बलले संचालन गरेको गलैँचा फ्याक्ट्रीमा मजदुर हुन् । आरोपीहरु बिरुद्ध ज्यान सम्बन्धी कसुरमा म्