विराटनगर। पेपरलेस, फेसलेस र क्यासलेस भन्सारको अवधारणा कार्यान्वयन गर्नेतर्फ एक कदम बढाउँदै विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली शुरू गरेको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणा अनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो । मुलुकका प्रमुख १० नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा शुरू गरिएको हो ।
अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि उपस्थित हुनु नपर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बीजक, उत्पत्तिको प्रमाणपत्र वा जीएसपी (जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) फर्म र भुक्तानीको कागज अपलोड गर्नुपर्छ ।
तर, जीएसपी सुविधा भएका युरोपेली संघ, नर्वे, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, न्यूजिल्यान्ड, टर्कीबाहेक भारत निर्यात गर्दा भुक्तानी प्रमाणित कागजात आवश्यक पर्दैन । जीएसपी सुविधाअन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महशुल छूटको सुविधा दिएको हुन्छ ।
नेपालबाट निर्यात हुने ऊनी गलैंचा र तयारी पोशाकलगायत मालवस्तुमा जीएसपी सुविधा छ । नेपाल र भारतका व्यवसायीबीच उधारो कारोबार हुने भएकोले भुक्तानीको कागजात अपलोड गर्न बाध्य नबनाइएको हो ।
जडीबुटी निकासीमा वन कार्यालय र हस्तकलाका सामग्रीमा सम्बद्ध संघको सिफारिश आवश्यक पर्ने बताइएको छ । भन्सारको सिस्टममा अपलोड भएका कागजात परीक्षणपछि निर्यातकर्ताले राजस्व अनलाइनबाटै बुझाउन सक्नेछन् । निर्यातकर्ताले राजस्व बुझाएपछि अनलाइनबाटै निर्यातको प्रज्ञापनपत्र प्रिन्ट गरेर निकाल्न सकिन्छ ।
मोरङ – आर्थिक मन्दीसँगै आयात निर्यातमा कमी हुँदै गएपछि विराटनगरस्थित भन्सार कार्यालयले कात्तिकमा ४७ दशमलव ८१ प्रतिशत राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले कात्तिकका लागि ४ अर्ब २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। आन्तरिक बजारका क्रय शक्तिमा मन्दी देखिएपछि आयातमा आएको गिरावटका कारण कात्तिकमा ४७ दशमलव ८१ प्रतिशत मात्र राजस्व संकलन भएको […]
आयात निर्यातमा कमीसँगै सिर्सिया सुक्खा बन्दरगाह भन्सारलाई मासिक राजस्व संकलन लक्ष्य भेट्टाउन पनि धौधौ पर्न थालेको छ । यो कार्यालयले कात्तिकमा मासिक लक्ष्यको जम्मा ६७ दशमलव ७२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो ।
देशमा आन्तरिक उत्पादन नबढे पनि उत्पादन खपतका कुरामा भने असीमित बढोत्तरी आएको छ । राज्यले सामान निर्यातमा पनि र आयातमा पनि राजस्व लिने गर्दछ । निर्यात घटे पनि आयात भने अथाह छ । यो आयातको ठूलो प्रतिशत बिना भन्सार महसुल हुँदै आएको तथ्य खुल्नेगरेको आजको होइन । निकै पुरानो र झेल्दै आएको कुरा हो । […]
The post कर छलीका महासञ्जाल तोड appeared first on राजधानी राष्ट्रिय दैनिक.
वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।
चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस
नेपालको मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ। कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक...
काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरले निषेधाज्ञाको साइड इफेक्ट विस्तारै मुलुकका भन्सार कार्यालहरूमा देखिन थालेको छ । कोरोना भाइरसको तीव्र सङ्क्रमण रोकथाम गर्न सरकारले निषेधाज्ञा घोषणा गरेको करिब दुई साता पनि नबित्दै यसको प्रभाव मुलुकको आयात, निर्यात र राजस्व सङ्कलनमा देखिन थालेको भन्सार कार्यालहरूले बताएका छन् ।यस्तो प्रभाव बन्दाबन्दीका बेला नाकाको अवरोध वा आयात, निर्यातमा प्रतिबन्ध लागेर नभई बजार अभावका कारण व्यवसायीले नै मालसामान ल्याउन नचाहेकाले देखिएको भन्सार कार्यकालहरूको भनाइ छ ।
धनगढी : प्रदेश ७ को मुख्य भन्सार कार्यालयका रुपमा रहेको कैलाली भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयात बढिरहेको छ। यातायातको तुलनामा निर्यात बढ्न सकेको छैन।
आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सारले लक्ष्य भन्दा ८ प्रतिशत बढी अर्थात राजश्व संकलन गरेको छ। भन्सार नाका भएर आयात बढ्दै गएकाले राजस्व संकलनले लक्ष्य नाघेको भन्स...