आयात/ निर्यातमा सुधार : प्रमुख व्यापारिक नाका वीरगञ्जबाट ३३ अर्ब बढी राजस्व संकलन

फागुन ९, वीरगञ्ज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।      चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । सवारी साधनको आयातबाट संकलित राजस्वमा २३ दशमलव २१ प्रतिशत र इन्धनको आयातमा ३७ दशमलव ९१ प्रतिशत बढी राजस्व संकलन भएको भन्सार कार्यालयले बताएको छ ।

सम्बन्धित सामग्री

मुख्य नाकाको भन्सार नै राजस्व लक्ष्यमा चुक्यो

वीरगञ्ज। देशको मुख्य व्यापारिक नाका वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरू त्रैमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि असोजसम्ममा ३८ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठाएको देखिन्छ । यस अवधिका लागि आईसीपी भन्सारलाई ५६ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो ।  अघिल्लो आवको सोही अवधिमा उक्त भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको थियो । त्यो रकम लक्ष्यको तुलनामा ७० प्रतिशत थियो । सरकारले २०७८ असोजदेखि वैदेशिक व्यापारमा नियन्त्रणको नीति लिएको थियो । अहिले नियन्त्रण हटे पनि व्यापारमा सुधार हुन नसकेको सरोकारका पक्षले बताएका छन् ।  बजारमा माग नहुँदा आयात र उत्पादन घटेको छ । उत्पादन खुम्चिएपछि कच्चा पदार्थको आयात पनि खस्किएको छ । त्यसको प्रभाव भन्सारको राजस्वमा देखिएको भन्सार अधिकारीहरूले बताएका छन् ।  चालू आवको ३ महीनामा आईसीपीबाट सरकारले भन्सार महशुल १४ अर्ब ६४ करोड रुपैयाँ, मूल्य अभिवृद्धिकर १६ अर्ब ४४ करोड रुपैयाँ र अन्त:शुल्क ३ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको भन्सारको तथ्यांक छ ।

वीरगञ्जकाे भन्सार राजस्व संकलन निरन्तर रूपमा घट्दै

काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ […]

वीरगञ्ज भन्सारबाट इन्धन आयातमा वृद्धि, ८ महीनामा ५६ अर्ब ७० करोड बराबरको आयात

चैत २८, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।  देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महीनाका तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रू. ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रू. १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा रू. ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालू आवको सोही अवधिमा रू. एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जानकारी दिएको छ । यो समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा १०० दशमलव ४६ प्रतिशत बढी मूल्यको ११६ दशमलव ५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो ।  चालू आवमा संक्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व संकलनमा देखापरेकोे बताए ।  गत आवको आठ महीनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रू. ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व संकलन भएको थियो ।  चालू आवको सोही अवधिमा रू. १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रू. ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व संकलन नभएको भन्सार कार्यालयले जानकारी दिएको छ । रासस

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । ८२ करोड ६४ लाख रुपैयाँ लक्ष्य रहेकामा यो लक्ष्यको २४७ दशमलव १७ प्रतिशत हो । आर्थिक वर्ष […]

वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।   चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस

गत आव भन्दा ३३ अर्ब बढी राजश्व संकलन

नेपालको मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने  विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ। कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक...

रसुवा भन्सारः आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।