काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरले निषेधाज्ञाको साइड इफेक्ट विस्तारै मुलुकका भन्सार कार्यालहरूमा देखिन थालेको छ । कोरोना भाइरसको तीव्र सङ्क्रमण रोकथाम गर्न सरकारले निषेधाज्ञा घोषणा गरेको करिब दुई साता पनि नबित्दै यसको प्रभाव मुलुकको आयात, निर्यात र राजस्व सङ्कलनमा देखिन थालेको भन्सार कार्यालहरूले बताएका छन् ।यस्तो प्रभाव बन्दाबन्दीका बेला नाकाको अवरोध वा आयात, निर्यातमा प्रतिबन्ध लागेर नभई बजार अभावका कारण व्यवसायीले नै मालसामान ल्याउन नचाहेकाले देखिएको भन्सार कार्यकालहरूको भनाइ छ ।