वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : आयात ८ प्रतिशतले बढ्दा निर्यातमा २५ प्रतिशत वृद्धि

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । यो गत आव २०७६/७७ को समीक्षा अवधिमा आयातित वस्तुको मूल्यको तुलनामा २७ अर्ब रुपैयाँले बढी हो । गत आवको चैत मसान्तसम्ममा यो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । यो वर्ष वीरगञ्ज नाकाबाट मुख्यतः इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ, सवारीसाधनका पाटपूर्जा, ब्याट्रीलगायत वस्तु भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । निर्याततर्फ भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागोजस्ता वस्तुको निर्यात भएको छ । सो अवधिमा उक्त नाकाबाट ३१ अर्ब ७६ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको छ । स्वदेशी उद्योगले अघिल्लो वर्षको चैत मसान्तसम्म २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात गरेको भन्सारको तथ्यांक छ । यस वर्षको निकासी व्यापार गतवर्षको समीक्षा अवधिभन्दा ६ अर्ब ३१ करोड रुपैयाँले बढी हो । सुध्रिँदै राजस्व उद्योग व्यवसाय कोरोना महामारीको असरबाट तंग्रिन थालेसँगै वीरगञ्जबाट आयात निर्यात कारोबार पनि बढेको छ । आवको शुरुआतमा खस्किएको व्यापार पछिल्लो समयमा सुधारिएपछि त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा देखिएको सूचना अधिकृत गुप्ताले बताए । वीरगञ्ज भन्सारले चैतसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा ७ प्रतिशत बढी हो । वीरगञ्ज भन्सारलाई यो अवधिका लागि १ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको थियो । भन्सार महशुल ४७ अर्ब, मूल्यअभिवृद्धि कर ४४ अर्ब र अन्तःशुल्क १४ अर्ब रुपैयाँ उठेको छ । पूर्वाधार करतर्फ १० अर्ब र सडक सुधार तथा निर्माण दस्तुर ६ अर्ब संकलन गरेको भन्सारको तथ्यांकमा उल्लेख छ । वीरगञ्ज भन्सारले चालू आवको साउनदेखि असोजसम्म लक्ष्य भेट्टाउन सकेको थिएन । बन्दाबन्दी र निषेधाज्ञाका कारण उत्पादन र व्यापार करीब ठप्प भएकाले त्यसको प्रभाव राजस्वमा देखिएको थियो । असोजदेखि बन्दाबन्दी खुलेको थियो । त्यसयता भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको तथ्यांकले देखाएको छ ।

सम्बन्धित सामग्री

नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक

काठमाडौं । नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । गत वर्ष आयात १६ प्रतिशत र निर्यात २१ प्रतिशतले घट्दा समग्र वैदेशिक व्यापार १६ प्रतिशतले घटेको हो । गत वर्ष राष्ट्र बैंकले एलसी अनिवार्य गर्ने र भारतसँगको व्यापार बैंकिङ प्रणालीबाट हुनुपर्ने नीति लिनुको साथै सरकारले १० वस्तुको आयात प्रतिबन्ध लगाउने […]

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।...

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ विलियन अमेरिकी डलर पुगेको छ।राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ विलियन डलर र आयात १५.५ विलियन डलर रहेको छ।खाद्यान्न उत्पादनहरूले  पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान  दिएको जनाइएको छ।मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उ

दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ […]

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

पाकिस्तानसँगको वैदेशिक व्यापार : ५० करोडको आयात हुँदा ९ करोडको मात्रै निर्यात

दक्षिण एसियाली मुलुक पाकिस्तानसँग नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको अवधिमा पाकिस्तानसँगको व्यापार घाटामा देखिएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा पाकिस्तानबाट ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, यही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ९ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।विभागका अनुसार यस अवधिमा नेपाल र पाकिस्तान बीचको वैदेशिक व्यापार ४१ करोड २ लाख ८७ हजार रुपैयाँ घाटामा छ ।

सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट

चालु आर्थिक वर्षको मङसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मङसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]