काठमाण्डाै – वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा बाटो बनाउने काम सुरु भएको छ । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउनका लागि आइसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) खटिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । बाटो खुलाउनका लागि आठ जना अनुभवी आइसफल डाक्टरहरू खटिएका र उनीहरूले हिजो आइतवारदेखि काम सुरु गरेका शेर्पाले बताउनुभयो । पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आएको छ । दोस्राे शिवि...