एक हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस

ईश्वरराज ढकाल, काठमाडौं ।  कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको विषयमा छानबिन गर्न गठित टोलीले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश–१ विराटनगर परीक्षण केन्द्रका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको छ ।टोलीले विराटनगरमा बोर्ड कर्मचारी, परीक्षण केन्द्रका कर्मचारी, सरोकारवाला निकायसँग गरेको छलफलपछि अंग्रेजी र अर्थशास्त्र विषयका करिब १ हजार उत्तरपुस्तिका पुनः […]

सम्बन्धित सामग्री

धरानमा ‘जनस्वास्थ्य आपत्काल घोषणा’ सिफारिस गृह मन्त्रालयमा अलपत्र

धरानमा सोमबार बेलुकासम्ममा १० हजार ४ सय ८३ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । लक्षण देखिएर परीक्षण गराउनेमध्ये ७१ प्रतिशतमा डेंगी पोजिटिभ देखिएको हो । संक्रमितमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

गत आवमा ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस, ३५ वस्तुको मात्रै पारित

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए । “विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं”,उनले भने । परिषद्ले अघिल्लो आव २०७८/७९ मा १५ तथा आव २०७७/७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो । विभागका अनुसार आव २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन् । साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ । विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा दुई सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए । जसमा सात ८९ नमूना सङ्कलन गरेर जाँच गरिएको उहाँको भनाइ छ । विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ । विभागले एक वर्षमा दुई हजार चार सय ४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ । दुई हजार एक सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ । विभागले गत आवमा चार सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ । यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका एक सय ३० उद्योगको निरीक्षण तथा नौ वटा इजाजतपत्र/प्रमाणपत्र खारेज गरेको छ । धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुली जिल्लाका ११ पेट्रोल पम्पको निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताउनुभयो । विभागले कारबाहीवापत गत आवमा रु चार करोड ४२ लाख ९४ हजार २३२ राजस्व सङ्कलन गरेको छ । रासस

नेपाल टेलिकम र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ र जीवन विकास लघुवित्तले चित्रा १२ देखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउन सक्ने छन् ।टेलिकमले चैत्र २४ गते बिहिबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।     कम्पनीले सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १. साधारण प्रस्ताव :क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने।घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ पन्त्रालयबाट स्वीकृत पए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको पुनाफा रकम पध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०|- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयर पा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने।२. विशेष प्रस्ताव :क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने।ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को पुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००।- (अक्षरेपी अठार अब) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।त्यस्तै जीवन विकास लघुवित्तले  चैत्र २५ गते शुक्रबार मोरङमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ गतेदेखि चैत्र २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।(३) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।(४) संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,००००० (अक्षरमा बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६।८४ (अक्षरमा दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ आठ चार पैसा मात्र) नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्ने ।(५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने।(ख) विशेष प्रस्तावः(१) वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने ।(२) वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८४,००,०००/- बाट बृद्धि गरी रु. १,०३,४२,८०,०००/- (अक्षरेपी एक अर्ब तीन करोड बयालिस लाख असी हजार मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(३) वित्तीय संस्थाको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबरको चुक्ता पूँजी पुयाउन वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००/- (अक्षरेपी बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(४) बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने ।(५) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड १(र) थप गर्ने ।(६) वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने । (७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(८) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।(९) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

काेराेना परीक्षण शुल्क घट्याे

काठमाडौं : सरकारले कोरोना परीक्षण शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा कोरोना परीक्षणका लागि यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई आठ सय रुपैयाँमा झारिएको छ। निजी अस्पतालहरुले लिँदै आएको शुल्क भने १ हजार ५ सय रुपैयाँ कायम गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए। लक्षण देखिएका र पिसिआर परीक्षणका लागि चिकित्सकले सिफारिस गरेको अवस्थामा सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षण हुने उनले बताए।'लक्षण नदेखिएका र अन्य प्रयोज

सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : क) सामान्य प्रस्तावः १. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । ३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने । ४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने । ५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने । ख) विशेष प्रस्तावः १. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने । २. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने । ३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने । ४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने । ५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।

रुकुम पश्चिमका ६ ओटै स्थानीय तहमा माटो परीक्षण हुने

वैशाख ७, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । जिल्लामै माटोको अवस्थाबारे जानकारी लिन सकिने भएकाले माटो परीक्षण गर्न अब जिल्लाबाहिर जानु पर्ने बाध्यता हटेको छ । खेतीपाती र अरू प्रयोजनका लागि स्थानीय तहमै माटो परीक्षण गर्न रुकुम पश्चिमका ६ ओटै स्थानीयतहहरुले मेशिन खरीद गरेका छन् ।  ३ लाख ५० हजार रुपैयाँका दरले ३ ओटा नगरपालिका र ३ ओटा गाउँपालिकाले डिजिटल मेशिन खरीद गरेका छन् । उक्त मेसिनले माटोको १४ ओटा गुण एकै पटक देखाउने कृषि विज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए ।  उनले भने, ‘डिजिटल मेसिनमार्फत अम्लीयपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्य तत्व, मुख्य खाद्य तत्व, प्रोटेबललगायतको अवस्थाबारे जानकारी मिल्नेछ ।’ भने माटो परीक्षणको नतिजा प्रिन्ट गरी तत्कालै किसानलाई दिने व्यवस्थासमेत गरिएको कृषि विज्ञ देवकोटाले जानकरी दिए ।  पहिलो पटक जिल्लामा माटो परीक्षण मेशिन खरीद गरेका कारण स्थानीय तहका कृषि शाखामा कार्यरत कर्मचारीलाई मेशिन सञ्चालन गर्ने विधिबारे तालिम दिइरहेको र तालिम पश्चात माटो परीक्षणको काम सञ्चालनमा ल्याउने जानकारी दिइएको छ ।  स्थानीयस्तरमै मेशिन पुगेपछि माटो परीक्षणका लागि नेपालगन्ज र सुर्खेत पुग्नुपर्ने बाध्यता हटेको मुसीकोट नगरपालिका १३ का किसान ज्ञानबहादुर ओलीले जानकारी दिएका छन् । उनले भने, अब माटो सुहाउँदो व्यवसाय सञ्चालन गरी आम्दानी लिन सकिनेछ ।  प्रत्येक स्थानीय तहमा १०० ओटा ‘रिएजेन्ट’ किटसमेत ल्याइएको छ । ‘१०० ओटा रिएजेन्टले पुग्ने गरी सबै वडामा माटो परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा बालीनाली र फलफूल खेतीको सिफारिस गर्ने तयारी गरिएको ओलीले जानकारी दिए ।  आठबीसकोट नगरपालिका उपप्रमुख गीता नेपालीले भनिन्, ‘अहिलेसम्म सबै ठाउँमा परम्परागत तरिकाले खेती भइरहेको छ, अब व्यावसायिक खेतीमा किसानको आकर्षण बढ्नेछ ।’  जिल्लामा माटो परीक्षण गरी माटो सुहाउँदो खेती प्रणाली गर्दा रुकुममा कृषिजन्यवस्तुको उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।  जलवायु परिवर्तनको कारण रुकुममा खेतीबाली उत्पादनमा कमी आईरहेको बेलामा माटो परीक्षणले उत्पादनमा वृद्धि हुने र किसानमा उत्साह थपिएको केसीले जानकारी दिए ।

उपत्यकाको निषेधाज्ञा १५ भदौसम्म लम्ब्याउन सिफारिस

२८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने स्थानीय तहहरूको निर्णय संक्रमण बढ्दै गएपछि

हेटौंडामा तीन हजार पाँच सयको स्वास्थ्य परीक्षण

हेटौंडा : उद्योग संघ मकवानपुरले तीनदेखि औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी, उद्योगी व्यवसायीको स्वास्थ्य परीक्षण गरिरहेको छ। यो अवधिमा तीन हजार चार सय ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये आठ सयमा उच्च रक्तचापको समस्या भेटिएको छ। त्यस्तै आठलाई ज्वरो आएको र उनीहरुलाई अस्पताल सिफारिस गरिएका संघ मकवानपुरका अध्यक्ष ले...