वीरगञ्ज । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र जिल्लामा संक्रमण घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । समितिले आवश्यक […]
५ जेठ, वीरगञ्ज । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १३ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । डीसीसीएमसीको बैठकले कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको […]
वीरगंज : वीरगंजमा आगामी जेठ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे समक्ष जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्सा (डीसीसीएमसी)ले बुधवार बैठक बस्दै यस्तो सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको थियो। पर्सामा वैशाख…
२९ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाको अवधि बिहीबार सकिंदैथियो । कोरोना संक्रमणदर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा […]
२९ वैशाख, वीरगञ्ज । पर्सामा लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्म जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ ६ गते राति ६ बजेसम्मका लागि निषेधाज्ञा कायम राख्न सिफारिस गरेको हो । बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले महामारी नियन्त्रणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ । संक्रमण नियन्त्रण र […]
काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।
वैशाख १६ गतेदेखि उपत्यकामा एक साता निषेधाज्ञा जारी छ ।
काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो । मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका […]
बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नु पर्ने सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् ।...