धरानमा ‘जनस्वास्थ्य आपत्काल घोषणा’ सिफारिस गृह मन्त्रालयमा अलपत्र

धरानमा सोमबार बेलुकासम्ममा १० हजार ४ सय ८३ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । लक्षण देखिएर परीक्षण गराउनेमध्ये ७१ प्रतिशतमा डेंगी पोजिटिभ देखिएको हो । संक्रमितमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित सामग्री

धरानमा डेंगी भयावह

डेंगी संक्रमितको संख्या १२ हजार नाघेको धरानमा उपमहानगर प्रमुख हर्कराज साम्पाङ राईले जनस्वास्थ्य आपत्काल घोषणा आवश्यक नभएको बताएका छन् । साताअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिले धरानलाई डेंगी नियन्त्रणमा नआएसम्म जनस्वास्थ्य आपत्काल घोषणा गर्न गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सिफारिस गरेको थियो ।