बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

अर्घाखाँची - अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जाेगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।  किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन  लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छाैँ।' सन्धिखर्क २ भलायडाँडाका ...

सम्बन्धित सामग्री

बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित

दुल्लु । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, […]

फौजी कीराले मकै नष्ट गर्न थाल्यो

दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी कीराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो कीराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो कीराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा कीरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा कीरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।