सिन्धुली : सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ।उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।दुलहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ। प्रहरी उपरीक्षक थपलियाका अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६