काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध सत्तारुढ दलका सांसदले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेत