टुकुचा खोला खोज्दै कमलादीमा महानगरको डोजर [तस्बिरहरु]

अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जानाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन् गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो । महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।

सम्बन्धित सामग्री

टुकुचा खोला उत्खननको उद्देश्य ठिक भए पनि प्रक्रिया ठिक भएन : पूर्व सचिव थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कुनै पनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरूको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाडौँ महानगरको  डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुन विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौँ महानगरको अहिलेको उद्देश्य ठिक रहे पनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताएका हुन् ।कानूनी रूपमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरू सँग आवश्

पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

टुकुचा अतिक्रमित भएका स्थानमा महानगरको डोजर

काठमाडौं :  काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ।  गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो।महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए। सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ। महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

काठमाडौँ । राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौँ महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो । सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका […]

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरे

टुकुचा खोला खोज्दै कमलादी पुग्यो महानगरको डोजर

काठमाडौँ । अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना […]

Exclusive : टुकुचा मिच्ने ५८१ कित्ताका घरमा महानगरको डोजर चल्ने (सूचीसहित)

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गर

टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खो