कास्की : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षालाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ। खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ। खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ। शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रित भएर गण्डकी आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी १० हजार हाराहारीमा सह