डेडिकेटड तथा ट्रंक लाइन विद्युत् महशुल विवाद : लेखाले निर्देशन दिएको महीना बित्यो, भएन कार्यान्वयन

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले उद्योगीबाट डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महशुल उठाउन निर्देशन दिएको एक महीना बितिसक्दा पनि सम्बन्धित निकायले यस विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको पाइएको छ । लेखा समितिले चैत २२ गते उद्योगीबाट यसबापतको विद्युत् महशुल एक महीनाभित्रै असुल गर्न ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिले उक्त निर्देशन दिएको वैशाख २१ गते नै एक महीना पुगिसकेको छ । तर, यस विषयमा प्राधिकरणले केही निर्णय गरेको छैन । लेखा समितिको यसबापतको सबै बक्यौता असुल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । र, मन्त्रालयले पनि तत्काल यससम्बन्धी प्राधिकरणलाई पत्र पठाएको थियो । प्रक्रियागत रूपमा उक्त पत्रउपर प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्नपर्ने हुन्छ । तर, त्यस सम्बन्धमा कुनै निर्णय नभएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । ‘यस सम्बन्धमा हामीलाई ऊर्जा मन्त्रालयबाट पत्र प्राप्त भएको थियो । समितिको निर्देशनको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिबाटै निर्णय गर्नुपर्र्ने हुन्छ,’ उनले भने, ‘तर, सञ्चालक समितिबाट हालसम्म यस सम्बन्धमा कुनै प्रगति भएको छैन ।’ कोरोनाको दोस्रो लहरका कारण प्राधिकरणका कार्यहरू प्रभावित भएको, बोर्ड बैठक बस्न समेत नसकेको भन्दै उनले कोभिडकै कारण सो सम्बन्धमा पनि ढिलाइ भएको हुन सक्ने बताए । ऊर्जा मन्त्रालयका प्रवत्ता मधुप्रसाद भेटवालले लेखा समितिको निर्देशनको कार्यान्वयन गर्ने निकाय प्राधिकरण नै भएको बताए । ‘लेखा समितिबाट पत्र प्राप्त भएपछि हामीले तत्काल नै प्राधिकरणलाई दिएका थियौं । अब यस सम्बन्धमा प्राधिकरणले नै आवश्यक निर्णय गर्नेछ,’ उनले भने, ‘यद्यपि, त्यसमा मन्त्रालयले सहजीकरणको काम गर्न सक्नेछ ।’ उक्त विद्युत् महशुल सम्बन्धमा अध्ययन गर्न लेखा समितिले सांसद मीनेन्द्र रिजालको संयोजकत्वमा उपसमिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार प्राधिकरणले उद्योगीबाट १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ असुल गर्नुपर्नेछ । समितिले उक्त महशुल रकम १ महीनाभित्रै ब्याज तथा हर्जनासहित असुल गर्न निर्देशन दिएको थियो । यता, प्राधिकरणले पनि गत माघमा उद्योगीबाट यसबापतको सबै बक्यौता असुल गर्ने निर्णय गरेको थियो । प्राधिकरणले आगामी आर्थिक वर्षदेखि किस्ताबन्दीमा उक्त महशुल उठाउने योजना बनाएको छ । सोअनुसार लेखा समितिको निर्देशन र प्राधिकरणको योजना भने बाझिएको छ । विद्युत् नियमन आयोगले भने यस सम्बन्धमा अझै निर्णय गर्न सकेको छैन । मुलुकमा लोडशेडिङ भएको अवस्थामा प्राधिकरणले २०७२ असारदेखि ६५ प्रतिशत बढी महशुलदर निर्धारण गरेर उद्योगीहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् दिएको थियो । तर, तत्कालीन अवस्थामा प्राधिकरणसँग विद्युत् महशुल निर्धारण गर्ने अधिकार थिएन । त्यसपछि प्राधिकरणले २०७२ पुस २९ गते तत्कालीन विद्युत्् महशुल निर्धारण आयोगबाट महशुलदर अनुमोदन गराएको थियो । प्राधिकरणले महशुल निर्धारण गरेको मितिदेखि आयोगले अनुमोदन गरेको मितिसम्मको महशुलसम्बन्धी पनि विवाद नै छ । लोडशेडिङमा कतिपय उद्योगले त्यसबापत विद्युत् प्रयोग गरेका छैनन् । तर, प्राधिकरणले त्यसबापत बिल पठाउँदै पठाएको थियो । साथै, लोडशेडिङ अन्त्य भएपछि प्राधिकरणले यस्तो बिल उद्योगीलाई पठाउँदै आएको थियो । तर, उद्योगीले यसबाट आफूहरू मर्कामा परेको भन्दै महशुल बुझाएका छैनन् ।

सम्बन्धित सामग्री

ट्रंक लाइन महसुल विवादसम्बन्धी अध्ययन प्रतिवेदन ‘गुपचुप’

सरकारले डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि तयार गरेको अध्ययन प्रतिवेदन गुपचुप पारेको छ।

अझै सुल्झिएन डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद

डेडिकेटेड तथा ट्रंक लाइन महसुलको विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको काम सुस्त देखिएको छ।

छानबिन समितिले बल्ल थाल्यो काम

ट्रंक लाइन तथा डेडिकेटेड महसुलको विवाद समाधानका लागि गठित छानबिन समितिले झन्डै १५ दिनपछि मात्रै आफ्नो काम थालेको छ।...

किन अड्कियो डेडिकेटेड–ट्रंक लाइन विवादको निकास ?

वीरगञ्ज । सरकार र नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महशुलको लफडालाई ‘अनिर्णयको बन्दी’ बनाएको निजीक्षेत्रले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजीक्षेत्रसँगको भेटमा विद्युत् महशुल निर्धारण आयोगले महशुल तोक्नुअघि र औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएयताको महशुलमा प्रिमियम शुल्क नलाग्ने बारम्बार दोहोर्‍याए पनि सो विषय कार्यान्वयनमा नआउँदा निकास कचल्टिएको उद्योगीहरूले बताएका हुन् ।   तत्कालीन उर्जा सचिव दिनेश घिमिरे संयोजकत्वको समितिले समेत २०७२ पुस २९ गते विद्युत् महशुल निर्धारण आयोगले प्रिमियम महशुल निर्धारण गरेकाले त्यसअघिको महशुलमा प्रिमियम लिन नमिल्ने सुझाएको थियो । समितिले लोडशेडिङ अन्त्य भएपछि २०७५ जेठयताको महशुलमा पनि यो शुल्क लिन नहुने बताएको थियो । विद्युत् नियमन आयोगले पनि यही ठहर गर्दै २०७७ असारमा डेडिकेटेड र ट्रंक लाइन खारेज गरेको थियो । सरकार, सरकारले गठन गरेका समिति, अयोग सबैले यो अवधिवाहेकको महशुलमा मात्र प्रिमियम शुल्क तिर्नुपर्नेमा बताइरहँदा उद्योगी समेत यो सर्तमा सहमत देखिन्छन् । तर, सरकारले यसबारेमा द्रुतमार्गबाट निर्णय नगर्दा समस्याले निकास पाउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताएका छन् । ‘उद्योग बन्द गरेर समस्या झन् गम्भीर बन्दै जान्छ । उद्योगमा तत्काल लाइन जोडेर महशुल भुक्तानीको लागि सरकारले सहज वातावरण बनाइदिनु पर्दछ,’ अग्रवाललको भनाइ छ ।  प्रधानमन्त्रीले उद्योगीलाई आश्वासनमात्र दिने र प्राधिकरणले लाइन काट्दै जाने अवस्थाले औद्योगिक क्षेत्रका अशान्तिका संकेत देखिएको संघले बताएको छ । लाइन काटिएका २३ मध्ये ८ ओटा ठूला उद्योग बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको र २ हप्ताभन्दा लामो समयदेखि उत्पादन बन्द हुँदा कतपिय उद्योगका कामदार सडकमा उत्रिएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  समस्याको निकासमा सरकारी ढिलाइले उत्पादन, रोजगारी, राजस्व, विद्युत् खपत घटेको दाबी उनले गरे । तर, प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । प्राधिकरणले यस्ता उद्योगसँग २२ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउनुपर्ने बताए पनि यो रकममा प्रमियम दर तोकिनुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम बढी भएको प्राधिकरणकै तथ्यांकले देखाउँछ । त्यसमा जरीवाना र ब्याजसमेत जोडिएको छ ।  प्रधानमन्त्रीले यो समयको महशुलमा ६५ प्रतिशत महँगो प्रिमियम शुल्न नलाग्ने बताएकाले यो निर्णय कार्यान्वयनमा आएमा दुई तिहाईजति रकमको विवाद स्वत : समाधान हुने दाबी उद्योगीको छ । प्राधिकरणले ६० किस्तामा महशुलन तिर्न सक्ने बताइसकेकाले महशुल तोक्नुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम र जरीवाना हटाउनेवित्तिकै अधिकांश उद्योगले लाइन जोडाएर उद्योग चलाउने दाबी उद्योगीको छ ।  प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । यस्तो रकम नतिर्ने अडान उद्योगीहरूको छ । कतिपय उद्योगीले आफूहरूले डेडिकेटेड र ट्रंक लाइन माग नगरेको र लोडशेडिङ पालन गरेको भन्दै टाइम अफ डे (टीओडी) मीटरको डाटा देखाउन चुनौती दिएका छन् । प्राधिकरणले यस्तो डाटा मेटिएको बताउँदै आएको छ ।  लोडशेडिङको समयमा डेडिकेटेडको सुविधा उपभोग गरेकाले प्रिमियम महशुल तिर्नुपर्ने भए पनि उपयोग नगरेकालाई जबर्जस्ती तिराइन नहुने नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् । ‘प्राधिकरणले टीओडीको डाटा छैन भन्न मिल्दैन । जसले उपयोग गरेर पनि तिर्दिन भनेको छ भने डाटा देखाएर विद्युत चोरीमा कारवाही गर्दा हुन्छ । तर, उपयोग नै नगरेकालाई जबर्जस्ती तिराउनु अन्याय हुन्छ,’ गुप्ताले भने ।

देउवा र ओलीसँग उद्योगीकाे गुहार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर बक्यौता भुक्तानी नगरेका नौ उद्योगको बिजुलीको लाइन काटेपछि उद्योगीले शीर्षनेतासँग भेटघाट गरेका छन्।...

‘बक्यौता किस्ताबन्दीमा तिर वा २५ प्रतिशत धरौटी राखेर पुनरावलोकन गर्न आउ ’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगलाई दुई विकल्प अघि सारेको छ।...

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसदको माग

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई कारवाही गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले...

सुल्झिएन २० अर्बको डेडिकेटेड र ट्रंक लाइन विवाद

आठ वर्षअघिको विद्युत्को डेडिकेटेड र ट्रंक लाइन विवाद नसुल्झँदा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच जुहारी चल्दै आएको छ। उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आए...

ट्रंक लाइन बिलिङ समस्या समाधानका लागि रुपन्देहीका उद्योगीहरु डेलिगेसनमा

बुटवल : रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन बिलिङ गरेको उद्योगीहरुले गुनासो गरेका छन्। प्राधिकरणले २०७२ सालदेखिको बक्यौता बुझाउन ताकेता गरे पश्चात् उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघको नेतृत्व र सम्बन्धित उद्योगीहरु विभिन्न मन्त्रालय र सम्बन्धित निकायहरुमा डेलिगेसन गएको छ। संघले उद्योगीहरुको…