काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न भावनात्मक सम्बन्ध रहेको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न पाउने भएपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्त्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तर