काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]