झापा, १९ माघ । अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो । गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउनेलगायत कार्य सुरु […]