झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...

सम्बन्धित सामग्री

सातदोबाटो सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै सातदोबाटो युथ क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ ले पराजत गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

सातदोबाटो युथ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा गोल्डकप : सातदोबाटोको सुरुआती जित

पेनाल्टी शुटआउटमा जित निकाल्दै सातदोबाटो युथ क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । शनिबार उद्घाटन खेलमा सातदोबाटोले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो ।

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात

झापा गोल्डकप: टाइब्रेकरमा सातदोबाटो विजयी

झापा- सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा सुरु भएको पाँचौ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिबार भएकाे खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो क्वार्टर फाइनलको यात्रा तय गरेको हो । ताेकिएकाे समयमा दुवै टोलीले २ -२ को बराबरी गोल गरेका थिए । खेल  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा […]

झापा गोल्डकप फागुन २१ देखि सुरु हुने, विजेतालाई साढे १२ लाख पुरस्कार

काठमाडौं : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने भएको छ। गोल्डकप प्रतियोगिता कोरोना भाइरसका कारण दुई वर्ष सञ्चालन भएन। प्रतियोगितामा तीन विभागीय टिम, नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मीसँगै सातदोबाटो युथ क्लब, जाउलाखेल युथ क्लब, संकटा क्लब, थ्रीस्टार गरी ७ वटा ए डिभिजन क्लब,   २ वटा भारतीय टिम र आयोजक झापा ११ गरी जम्मा १० टिम सहभागी हुने छन्। विजेताले नगद १२ लाख ५