६ महिना लामो निलम्बनपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने तयारीमा थिए । महाभियोगको प्रस्तावबारे टुङ्गो नलाग्दै संसद्को कार्यकाल सकिएपछि महाभियोग पनि निष्क्रिय भएको भन्दै जबरा आइतबार सर्वोच्च आउन लाग्दा सरकारले नै जबरालाई रोकेको छ । शनिवार रातीबाट संसद्को कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार बिहानै सर्वोच्चका कामु मुख्य रजिष्ट्रारलाई सम्पर्क गरी आफू सर्वोच्च अदालत आउने भएकाले सवारीसाधन पठाइदिन निर्देशन दिएका थिए