काठमाडौं : कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनले प्रधानन्यायाधीशको पदीय दायित्व वहन गर्न नपाउने भएका छन्। महाभियोगको प्रक्रिया प्रारम्भ भएपछि प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले प्रक्रिया टुङ्गो नलागेसम्म पदीय कार्य सम्पादन गर्न नपाउने संवैधानिक व्यवस्था छ। अर्थात महाभियोग दर्ता भएसँगै यस्ता पदधारण गरेकाहरू निलम्बनमा पर्