काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएसँगै उहाँ पदबाट स्वतः निलम्बनमा पर्नुभएको छ । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार राणाले महाअभियोगको टुङ्गो नलागेसम्म प्रधानन्यायाधीशको रूपमा कुनै पनि काम गर्न पाउनु हुने छैन ।
अब सभामुखले सात दिनपछिको कुनै संसद् बैठकमा राणाविरूद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुपर्छ । प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई ति...