हेटौंडा बजारमा एकैदिन ५४ वटा पसलको अनुगमन

जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त अनुगमन टोलीले बुधबार एकैदिनमा हेटौंडा बजार क्षेत्रका ५४ वटा पसल तथा व्यवसायहरूको अनुगमन गरेको छ । प्रशासन कार्यालयको संयोजनमा विषयगत कार्यालय, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुरको सहभागितामा ५ वटा अनुगमन टोलीले बजारको अनुगमन गरेको हो ।टोलीले हेटौंडा बजार क्षेत्रको ११ वटा होटल, स्वीट्स एवं फस्टफुड पसल, ६ वटा अस्पताल तथा स्वास्थ्य संस्था, ६ वटा मासुपसल, २ वटा सुपरमार्केट तथा गोदाम घ

सम्बन्धित सामग्री

अनुमतिविना सञ्चालित बेकरीमा छापा, दुईलाख ५० हजार जरिवान

जिल्ला प्रशासन कार्यलय मकवानपुरबाट खटिएको अनुगमन टोलीले हेटौँडाको एक बेकरी उद्योगमा शुक्रबार शिल गर्नुका साथै जरिवाना गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर...

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारले संविधान विरोधी ऐन पारित गरेको भन्दै सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । राष्ट्रिय सभा अन्तर्गत संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।उनले राष्ट्रिय सभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, न

संघीयता आएसँगै तीन तहका सरकारले निजी क्षेत्रको मानमर्दन भयोः निजी क्षेत्र

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताउनुभएको छ । सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौलागाईंले यस्तो बताउनुभएको हो । उहाँले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको बताउनु भयो । उहाँले उद्योग दर्ता र […]

हेटौंडाका खाद्य उद्योग अनुगमन, दाना उद्योगलाई जरिवाना

हेटौंडा औद्योगिक क्षेत्र भित्रका उद्योगहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योग अनुगमन गरेको हो ।

मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो । […]

हेटौंडा बजारमा प्रशासनको अनुगमन: ५ पसललाई जरिवाना, ३ वटामा शिल

अनुगमनको क्रममा अनुमति बेगर सञ्चालनमा रहेको व्यवसायलाई शिल गर्नुका साथै उपभोक्ताहित विपरित सञ्चालनमा रहेकालाई जरिवाना गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।...

हेटौंडाका हलमा बोर्डको अनुगमन

हेटौंडा । चलचित्र विकास बोर्डले जिल्लाका फिल्म हलमा अनुगमन शुरु गरेको छ। बोर्ड सदस्य राज कटुवाल र बक्स अफिस प्राविधिक सुनील नेपालीको टोलीले शनिबार हेटौंडाका दुई सिनेमाघरको अवलोकन तथा अनुगमन गरेका छन्। बोर्डले काठमाडौंबाट फिल्म हल अनुगमन शुरु गरेसँगै जिल्लामा पनि यसलाई अघि बढाएको हो। आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने तयारी […]

भरतपुर महानगरसहित ४ उपमहानगरमा माओवादी केन्द्रको दाबी

काठमाडौँ- स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप-महानगरपालिकामा दाबी गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीले […]

मकवानपुरमा एकीकृत सुरक्षा रणनीति तयार, मतदानस्थलको निरीक्षण सुरु

२९ चैत, हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अनुगमन थालिएको छ । वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति तयार पारे सँगै अनुगमन थालिएको हो । भौगोलिक अवस्था र सुरक्षालाई केन्द्रित गर्दै प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षण थालिएको छ । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका […]

हेटौंडा अस्पताललाई कांग्रेसले दियो ४० सिलिण्डर अक्सिजन

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई नेपाली कांग्रेस मकवानपुरको कोभिड –१९ अनुगमन समितिले ४० सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको छ। समितिले पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको हो। समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेका छन्। अस्पतालमा अक्सिजनको अभाव भएर कोरोना संक्रमितको उपचारमा समस्या भएपछि समितिले अक्सिजनको व्यवस्था गरेर बिरामीको उपचारमा सहयोग गरेको संयोजक इटेनीले बताए। ...