धनकुटामा कोप्चे महोत्सव सुरु

धनकुटा नगरपालिका-५ मा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबारदेखि पहिलो कोप्चे महोत्सव सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ ऐतिहासिक बिहीबारे हाटस्थलमा तीनदिने महोत्सव धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शुभारम्भ गरे । उक्त अवसरमा मौलिक नेवारी र आठपहरिया जातिको कला, संस्कृति, भेषभुषा, रहनसहन र परिकार विशेष आकर्षण रहेको महोत्सव संयोजक संस्था सामाजिक विकासका लागि युवाहरुको प्रयास (यस्ड)का अध्यक्ष रिजन पोखरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं खाना महोत्सव–२०८१ धनकुटामा उद्घाटन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो ।

भेडेटार महोत्सव सम्पन्न

धनकुटा– धनकुटामा ११औँ भेडेटार खानपान महोत्सव आज सम्पन्न भएको छ । होटल व्यवशायी सङ्घ भेडेटारको आयोजनामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटारमा यही पुस १५ देखि उक्त महोत्सव सुरु भएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा रु एक करोडभन्दा बढीको व्यापार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । महोत्सवको एक लाखभन्दा बढी […]

पाचौँ धनकुटा महोत्सव तथा औद्योगिक व्यापार मेला सुरु

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाचौँ धनकुटा महोत्सव सुरु भएको छ ।

धनकुटामा एभोकाडो महोत्सव सुरु

एभोकाडोको राजधानी धनकुटामा शनिबारबाट दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुईदिने महोत्सव धनकुटा सदरमुकामको एभोकाडोस्तम्भ भएको स्थानमा सुरु भएको हो । महोत्सवमा ३० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यपारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका […]

धनकुटामा एभोकाडो महोत्सव सुरू

धनकुटा– घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ […]

धनकुटामा एभोकाडो महोत्सव सुरु (फोटोफिचर)

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ।धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशविदेशमा प्रचार गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबारदेखि दुईदिने एभोकाडो महोत्सव सुरु भएको हो। धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुनेछ।सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले

प्रदेश १ का १४ जिल्लाका सामग्री प्रदर्शन गर्न धनकुटामा महोत्सव सुरु

धनकुटा : निकासीका लागि तुलनात्मक लाभको सूचीमा परेका वस्तुको प्रवर्द्धन तथा स्थानीय सामग्रीको प्रचारका लागि महोत्सव सुरु गरिएको छ। आइतबारदेखि सुरु भएको 'धनकुटा महोत्सव'मा नेपाल व्यापार रणनीति कार्यक्रम (एनटिआइएस)मा परेका १९ वटा वस्तुसहित १६० वटा स्टल राखिएको छ। नेपाल उद्योग ववाणिज्य संघ धनकुटा...