प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं खाना महोत्सव–२०८१ धनकुटामा उद्घाटन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो ।
घरेलु, कृषि तथा साना उद्योगको प्रवर्द्धनका लागि धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेस्टिभल हुने भएको छ । धनकुटा ६ अमलेटारस्थित औद्योगिक ग्राममा आगामी जेठ ९ देखि १३ गतेसम्म मेला तथा फेस्टिभल आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।
काठमाडौं । ५ करोड रुपैयाँको कारोबार गर्दै १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । शनिवार समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताए ।
मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पुर्याउने अर्थमन्त्री पौडेलले बताए । ‘देशमै रोजगारी सृजना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुन्छ,’ उनले भने । घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरणमा सघाउन नेपाल सरकार, अर्थ मन्त्रालय सधैं तयार रहेको उनले बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरूको सहयोगको प्रतिबद्धताले मेला आयोजना गरिएको बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
सरकारले आगाम दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाले सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने मेला संयोजक शोभा गुरुङले बताइन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । मेला साढे २ लाखले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भएको थियो । मुलुकभरका झन्डै ६ लाख लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको उद्देश्य थियो ।
नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी […]
नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा आन्तराष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । […]
काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङ्गारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो […]
काठमाडौँ,२१ पुष । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै […]
काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ […]