पाचौँ धनकुटा महोत्सव तथा औद्योगिक व्यापार मेला सुरु

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाचौँ धनकुटा महोत्सव सुरु भएको छ ।

सम्बन्धित सामग्री

धनकुटा महोत्सव शुरू

धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाँचौं धनकुटा महोत्सव शुरू भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि शुरू भएको महोत्सव यही माघ १६ गतेसम्म चल्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गरे । मन्त्री राईले धनकुटाको विकासमा मन्त्रालयले प्राथमिकता दिने बताए । धनकुटालाई पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धन, मनोरञ्जनसँगै व्यापारिक विकास सम्भाव्यताको खोजी हुने अपेक्षासहित महोत्सव शुरू गरिएको हो । महोत्सवमा १८२ ओटा स्टल राखिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । स्टलहरूमध्ये १३५ ओटा कृषि प्रदर्शनी र अरू व्यापारिक प्रयोजनका रहेका छन् । महोत्सवले कृषि, पर्यटन, व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने अध्यक्ष राईले बताए । साथै कोभिड–१९ पछि थलिएको व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा उनले गरे । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने र करीब ५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए । महोत्सवमा सूचनाप्रविधि, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, क्रेता र विक्रेताबीच अन्तरक्रिया, स्वास्थ्य शिविर, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आकर्षणको रूपमा रहनेछन् ।

धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको

धनकुटाबासीलाई गजुरेलले हँसाए, पराजुलीले नचाए, कृष्णभक्तले भावुक बनाए

धनकुटा : प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव धनकुटाको तल्लो टुँडिखेलमा जारी छ। महोत्सवमा हरेक दिन साँझमा राष्ट्रका चर्चित कलाकारहरूले सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। मंगलबार साँझको कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले दर्शकलाई हँसाए भने गायक तुलसी पर...