काठमाण्डाै - नेपालका सात जना पूर्वराजदूतहरूले इजरायल–प्यालेस्टाइन युद्धबारे चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।
पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आइतवार संयुक्त विज्ञप्ति निकाल्नुभएको हो ।
विज्ञप्तिमा इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू चिन्तित भएको उल्लेख छ । उहाँहरुले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्...