संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गाजामा जारी इजरायली आक्रमणले सर्वनाशको अवस्था निम्त्याएको बताएका छन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले जारी राखेको कारबाहीले २ महिनामा गाजामा सर्वनाश हुँदै गएको र यो अवस्था थप विकराल बनेको उनीहरूले बताएका हुन्। राष्ट्रसंघीय एजेन्सी र तिनका २७ वटा सहायता संगठनले एक संयुक्त विज्ञप्ति जारी गरी तत्काल युद्ध नरोके त्यहाँ मानवीय सहायता पूर्णरूपमा बन्द हुने बताएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको जनाएका