काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगमाथि प्रश्नचिह्न उठेको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगमाथि प्रश्नचिह्न खडा भएको बताए। संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीसमेतले आफ्नो भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको उनको भनाइ छ। राजनीतिक पार्टी जनताको भरोसाको केन्द्र […]