काठमाडौंको सिभिल अस्पतालले २२ करोडमा किन्न लागेको एमआरआई मेसिन कर्णाली प्रदेश अस्पतालले २९ करोडमा किन्न थालेको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेको छ । लेखा समितिका सदस्य गुलाबजंग शाहले खरिद सम्बन्धीका डकुमेन्ट लिइएको बताए ।‘छानबिनका लागि हामीले डकुमेन्ट लिएका छौं,’ उनले भने, ‘यहाँ ठुलो चलखेल देखिन्छ ।’ एउटै कम्पनीको र एउटै गुणस्तर भएको उक्त एमआरआई मेसिन खरिदमा झण्डै ७ करोड बढी रकम अनियमितता गर्न लागिएको आशंका गरिएको छ । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० र