जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ का लागि प्रदेश सरकारले खरिद गरेको साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसंगत रहेको दाबी गरेका छन्। प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इ–बिडिङमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दाबी गरेका हुन्। साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको उनले बताए।दुई चरणमा खरिद गरिएको साइक