नयाँ दिल्ली : भारतीय सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो देशविरुद्ध दुष्प्रचार र नियोजित झूटो समाचार फैलाएको आरोपमा ३५ वटा युट्युब च्यानल र दुईवटा वेबसाइट ब्लक गरेको छ।भारतीय सूचना तथा प्रसारण सचिव अपूर्व चन्द्राले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।ती सबै वेबसाइट र युट्युब च्यानल पाकिस्तानबाट सञ्चालन भइरहेको उनले बताए। भारतीय गुप्तचर एजेन्सीहरूले त्यस्ता सामाजिक सञ्जालका अकाउन्ट र वेबसाइटमा कडा निगरानी राख्दै यस सम्बन्धमा कारबाहीका लागि मन्त्रालयलाई जानकारी गराएको उनले बताए।अपूर्व चन्द