चिनियाँ कम्पनी बीवाईडीले ल्यायो याङवाङ यु९ मोडलको इलेक्ट्रिक सुपरकार, कति पर्छ मूल्य ?

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारीसाधन र पावर ब्याट्री उत्पादक चिनियाँ कम्पनी बीवाईडीले याङवाङ यु९ मोडलको इलेक्ट्रिक सुपरकार सार्वजनिक गरेको छ ।  उक्त कारको अधिकतम गति प्रतिघन्टा ३०९.१९ किमि रहेको कम्पनीले पठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ई४ प्लेटफर्मको उक्त कार डिसुस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीले सुसज्जित छ ।  कारमा १३ सय हर्सपावर र अधिकतम १६८० एन–एम को टर्क क्षमता छ । कारमा सुपर कार्बन–फाइबर केबिन प्रविधि जडित छ, यो प्रविधि गर्मीमा प्रतिरोधी हुने कम्पनीको भनाइ छ ।  कारको मूल्य १६ लाख ८० हजार चिनियाँ युआन रहेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार (आज)का लागि तोकेको चिनिया युआनको विक्रीदर अनुसार उक्त कारको मूल्य ३ करोड १० लाख २९ हजार ६०० रुपैयाँ पर्छ । राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार चिनियाँ युआनको विक्रीदर १८ रुपैयाँ ४७ पैसा छ । 

सम्बन्धित सामग्री

इलेक्ट्रिक कारमा टेस्लालाई टक्कर दिंदै चिनियाँ कम्पनी शाओमी

स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले आफ्नो पहिलो विद्युतीय कार लञ्च गरेको छ र त्यसको अर्डर लिन पनि सुरु गरिसकेको छ । एक कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत ली जुनका अनुसार कम्पनीको स्टाण्डर्ड एसयू७ मोडेलको कारको मूल्य …

नेपाल भित्रियो ‘जीएसी–एयोन–वाई’, मूल्य कति ? (भिडियो)

काठमाडौं । चिनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइलले उत्पादन गर्ने ‘एयोन–वाई’ मोडेल नेपाल भित्रिएको छ । यसलाई सिजी मोटर्सले नेपाली बजार ल्याएको हो । विद्युतीय यो गाडी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरे । इनोभेसन र सेफ्टीका दृष्टिकोणबाट एक उत्कृष्ट इभी नेपाली बजार भित्रिएको उनले बताए । प्रतिस्पर्धी मूल्यमा नेपाल ल्याइएको यो गाडी विभिन्न बैंक […]

ब्याट्रीमा प्राइसवार: भिड्दै दुई चिनियाँ कम्पनी, ईभी किन्नेलाई फाइदा

काठमाडौं । विद्युतीय कारमा लाग्ने हाइभोल्टेज ब्याट्री उत्पादक सीएटीएल र बीवाइडीको फिनड्रिम्स बीच प्राइसवार सुरु भएको छ । यी दुई चिनियाँ कम्पनीले निरन्तर ब्याट्रीको मूल्य घटाइरहेका हुन् । सन् २०२४ को सुरुवातसँगै विश्व ईभी बजार तुलनात्मक रुपमा ‘स्लो’ भएको कारण कम्पनीहरुले आफ्नो बजार हिस्सा सुरीषत गर्न मूल्य घटाउने प्रतिस्पर्धा सुरु गरेका हुन् । विश्वकै ठूलो […]

नेपाल आयो शानदार इलेक्ट्रीक पीकअप, मूल्य ७८ लाख

काठमाडौं । विद्युतीय कारले बजारमा निकै चर्चा पाइरहेको समयमा शानदार इलेक्ट्रीक पीकअप नेपाल आएको छ । चिनियाँ कम्पनी एसएआईसीले उत्पादन गरेको मेक्सस टी-९० नेपाल आएको हो । मेक्ससको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याएको यो पीकअप निकै फिचर लोडेड रहेको छ । कम्पनीले भन्सार बिन्दुमा बुझाएको खुद्रा बिक्री मूल्य ७८ लाख ४९ हजार उल्लेख छ […]

उस्तै मूल्य भएका ३५० सीसी र १२५ सीसीका दुई मोटरसाइकल, तपाईंको रोजाइमा कुन ?

काठमाडौं । चिनियाँ कम्पनी जोन्टेसले नेपाली बजारमा १२५ सीसीदेखि ३५० सीसीसम्म मोटरसाइकल बिक्री गरिरहेको छ । जोन्टेस मोटरसाइकल नेपाल भित्र्याउने कम्पनी आइरन मंकले प्रिमियम मूल्यका मोटरसाइकल बिक्री गर्दै आएको छ । जोन्टेसको १२५ सीसी मोटरसाइकलको मूल्य नै रोयल इनफिल्ड हन्टर ३५० को जत्तिकै छ । जोन्टेसले फरक डिजाइन भएको एड्भेन्चर मोटार्ड जीटी १२५ मोटरसाइकलमा धेरै […]

महिला चालकलाई सहज हुने एसयूभी, मूल्य १७ हजार डलर !

काठमाडौं । चिनियाँ कम्पनी जिलीले महिला चालक केन्द्रित कार सार्वजनिक गरेको छ । कम्पनीले १७ हजार अमेरिकी डलर मूल्य तोकेर आइकन सिरिज अन्तर्गत ‘आईकोन प्रोटागोनिस्ट’ नामक एसयूभी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो कार ’इन्डीपेन्डेन्ट फिमेल’ थिममा डिजाइन गरिएको छ । कम्पनीले आफ्नो जिली आइकनको सुरुवात भने सन् २०२०मा गरेको थियो । यो आइकन […]

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरूङ मार्गको ठेक्का

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो ।सुरूङ मार्ग बनाउन आह्वान गरिएको टेण्डरमा नौ कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक प्रस्ताव स्वीकृत भएका चारवटै कम्पनी चिनियाँ थिए । जसमध्ये सबैभन्दा कम मूल्य ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का आवेदन गर्ने चिनियाँ कम्पनीले ठेक्का

मेलम्चीमा सिनो हाइड्रोलाई सेटिङमा ठेक्का

रिपोर्टर्स नेपाल, १३ माघ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सम्झौता अवधि थप गरेर योजनावद्ध तरिकाले सिधै ठेक्का दिइएको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्न स्वीकृती प्रदान गरेर ठेक्काको मूल्य समायोजन गर्दै काम दिइएको हो । ठेक्काको मूल्य समायोजनबाट सिनो हाइड्रोले झण्डै ३२ करोड रुपैयाँ पाउने भएको छ । मन्त्रिपरिषदले ठेक्काको मूल्य […]

अमेरिकी र चिनियाँ राजदूतलाई एकै ठाउँमा ल्याउने भेरी-बबई डाइभर्सन

सुरूङ खन्ने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले अमेरिकाको रोबिन्स कम्पनीबाट मेसिन किनेको थियो। उक्त मेसिनको मूल्य १ अर्ब ५० रूपैयाँ लागेको थियो।

१० हजारमा कुलप्याडको फोरजी फोन - Karobar National Economic Daily

काठमाडौं : यसअघि मिडरेन्जको स्मार्टफोन कुलप्याड सी वान सार्वजनिक गर्दै नेपाली बजारमा भित्रिएको चिनियाँ कम्पनी कुलप्याडले नयाँ स्मार्टफोन एनएक्स वान भित्र्याएको छ । फोर जी सुविधा रहेको यो स्मार्टफोनको मूल्य १०…