अमेरिकी र चिनियाँ राजदूतलाई एकै ठाउँमा ल्याउने भेरी-बबई डाइभर्सन
सुरूङ खन्ने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले अमेरिकाको रोबिन्स कम्पनीबाट मेसिन किनेको थियो। उक्त मेसिनको मूल्य १ अर्ब ५० रूपैयाँ लागेको थियो।
१४ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ । राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि […]