काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गर्दै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् । तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो ।