अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसाललाई दिइएको छ ।
‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ,’ अख्तियारले जनाएको छ ।
काठमाडौं, फागुन ४ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृह लगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्। अहिले उनीहरूको काम मन्त्रालय जाने, हाजिर गर्ने, बरन्डामा बसेर घाम ताप्नेमा सीमित छ। काठमाडौं उपत्यका बाहिरका धेरैजसो कार्यालयमा माथिल्लो तहका कर्मचारी नहुँदा तोेकिएको दरबन्दीभन्दा मुनिका कर्मचारीलाई कायममुकायम दिइएको छ। सहसचिवको दरबन्दी भएका जिल्लामा […]
काठमाडौँ । गृह मन्त्रालयले केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । वातावरण विभागको महानिर्देशकबाट केही दिन अघि गृहमा सरुवा भएका मुकुन्द प्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिएपछि सो महाशाखाका प्रमुख तथा प्रवक्ता फणीन्द्रमणि पोखरेललाई प्रशासन महाशाखामा पठाइएको छ । यससँगै आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
लामो समयदेखि प्रमुख बिहीन रहेको ठूला करदाता कार्यालयको जिम्मेवारी सहसचिव शिवलाल तिवारीले पाएका छन् ।
अर्थमन्त्रालयले ठूला करदाता कार्यालयमा सहसचिव तिवारीलाई पठाएको हो ।
तीन महिनाअघि कार्यालय प्रमुख रहेका सहसचिव बाबुराम गौतमको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो ।
सो समयदेखि नै प्रमुख बिहीन बनेको कार्यालयमा तिवारीले जिम्मेवारी सम्हालेका हुन् ।
तिवारी यसअघि राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक तथा प्रवक्ताका रूपमा कार्यरत थिए। उनी राजस्व समूहका कर्मचारी ह...
मन्त्रालयले जिम्मेवारी नदिएपछि उनीहरूको काम भनेको बिहान कार्यालयमा आई हाजिरी गर्ने र साँझ घर फर्कने मात्र भएको छ। उनीहरूका लागि कार्यकक्षको व्यवस्था पनि गरिएको छैन। भदौ २९ गते सरकारले एकैपटक ८५ जना सहसचिव सरुवा गरेको थियो।...
काठमाडौँ- काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। सहसचिव कालीप्रसाद पराजुलीको स्थानमा गृह मन्त्रालयले गोविन्द रिजाललाई पठाएको हो। यसअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए। पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए। गृहले १० महिनामै पराजुलीलाई जिम्मेवारीबाट तानेको हो। प्रमुख जिल्ला अधिकारीको पदावधि एक वर्षको हुने गर्छ। गृहका प्रवक्ता टेकनारायण पाण्डेले […]
गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई प्रवक्ता जिम्मेवारी दिएको हो ।
उनलाई प्रवक्ताका साथै शान्ति सुरक्षा महाशाखाको प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।
शुक्रवारको निर्णयले पोखरेललाई प्रवक्ता र हाल प्रवक्ता रहेका जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।
तराई र पहाडका ७ वटा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका पोखरेललाई अब्बल प्रशासकको रुपमा लिइन्छ ।
सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।