युक्रेनमा जारी संकटकाबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई विशेष सतर्कतामा राख्ने निर्देशन दिएका छन् । जसमा परमाणु हतियार पनि समावेश छ । पुटिनले आफ्नो रक्षा प्रमुखलाई यसो गर्नु जरुरी रहेको पनि बताएका छन् । उनको यो घोषणाको अर्थ रुस परमाणु हतियार प्रयोग चाहने नै नभएपनि उसको यो घोषणाले विश्वमा परमाणु हतियारको चर्चा सुरु भएको छ ।शीत युद्धको अवधिपछि परमाणु हतियारको भण्डारमा धेरै कमी आइसकेको छ । तर, अझै पनि विश्वमा सयौँ परमाणु हतियार छन्, जसलाई अत्यन्त कम समयभित्र प्र