भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बद्ली रहेको छ । आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ । भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का वर्...

सम्बन्धित सामग्री

काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

काठमाण्डाै - हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्दै जाने माैसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउ...

देशभर वर्षा : आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै - देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश-१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश-२ का थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम, वाग्मती, प्रदेश-१ र २ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका के...