काठमाण्डाै - आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेको कारण देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
प्रि-मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
केही उच्च पहाडी र हिमाली क्षेत्रमा मेघ गर्जनसहित सामान्य पानी पर्ने सम्भावना पनि रहेको तर तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् पौ...