काठमाडौं : मंसिर २१ गते निर्वाचन हुने देशको ४५ जिल्लामा बिहीबार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। बिहीबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सबै ४५ जिल्लामा मनोनयन दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारी मनोनयन दर्ता गर्न विभिन्न दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्।