प्रतिनिधिसभा निर्वाचनमा एक सय ६३ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । यसमा नेपाली कांग्रेस र नेकपा एमालेका चारचार उम्मेदवार रहेका छन् । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित हुनुभएको छ । …