टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ । यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ । टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त